
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या १० करोड नाघेको छ ।
वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा थप ४ लाख ४९ हजार ७३ संक्रमित थपिएसँगै १० करोड २ लाख ६९ हजार ५१० पुगेको हो ।
यस्तै, गत २४ घण्टामा थप ९ हजार ५९७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २१ लाख ४८ हजार ६५० पुगेको छ ।
हालसम्म विश्वमा ७ करोड २२ लाख ७२ हजार ६९९ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ५ लाख ३२ हजार ९७३ जना निको भएका हुन् ।
हाल विश्वभर २ करोड ५८ लाख ४८ हजार १६१ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख १० हजार ४०४ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ५८ लाख ६१ हजार ५९७ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ५६ लाख १७ हजार ३६० जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ३१ हजार ३९२ पुगेको छ ।
हाल अमेरिकामा ९८ लाख १२ हजार ८४५ सक्रिय संक्रमित छन् । ती मध्ये २६ हजार २५९ गम्भिर बिरामी रहेका छन् ।
