
पोखरा । छिमेकी मुलुक भारतमा गत २४ घण्टामा थप ९ हजार ३६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ६ लाख ७७ हजार ७१० पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ११६ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ६२४ पुगेको छ ।
हालसम्म भारतमा १ करोड ३ लाख ४५ हजार २७८ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १६ हजार ३४ जना निको भएका हुन् ।
हाल भारतमा १ लाख ७८ हजार ८०८ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
हाल भारत सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा छ ।
कमेन्ट गर्नुहोस्
