देशका कुन क्षेत्रको मौसम कस्तो रहन्छ?

Share:

पोखरा । देशका अधिकांश क्षेत्रको मौसम बुधबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ।

बुधबार दिउँसो प्रदेश १ तथा गण्डकी प्रदेशमा आंशिक बदली रहि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं. १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमापातको सम्भावना छ।

कमेन्ट गर्नुहोस्
Share: