
गोरखा । गोरखामा एक पुरुषको शव फेला परेको छ ।
बुधबार जिल्लाको गण्डकी गाउँपालिका–७ धवादीघाट स्थित त्रिशुली नदी किनारको ढुङ्गामा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार मृत फेला परेका ती पुरुषको हालसम्म नामथर खुलेको छैन ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
