मौसमः देशका कुन क्षेत्रमा कस्तो रहन्छ?

Share:

पोखरा । देशका पहाडी क्षेत्रका केही भूभागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली रहे पनि हाल देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव भने नरहेको माहाशाखाले जनाएको छ ।

अहिले बिहान तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतय सफा रहेको छ ।

बिहीबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।

कमेन्ट गर्नुहोस्
Share: