सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

Share:

पोखरा । स्थानिय बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ सयले घटेर प्रतितोला ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजार १ सयमा कारोबार भएको थियो ।

त्यस्तै बिहिबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ ।

यसैगरी बिहिबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि बुधबार चाँदी प्रतितोला १२ सय ५० मा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: