
काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।
आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल पक्षलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि बोलाएको हो ।
छलफलका लागि शुक्रबार बिहान साढे ११ बजे बोलाइएको आयोगले जनाएको छ । दुवै समूहका अध्यक्ष र अध्यक्षले तोकेका चुनाव हेर्ने आधिकारिक व्यक्तिसहित पाँचरपाँच जनालाई छलफलका लागि आउन आयोगले भनेको छ । नेकपा विवादको सन्दर्भ र चुनावका विषयमा छलफल हुने आयोगको भनाइ छ ।
यसअघि नेकपाको दुईवटै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको निवेदनमा निर्णय गर्दै आयोगले दुबै पक्षको दावी नपुग्ने निष्कर्ष निकालेको थियो ।
कमेन्ट गर्नुहोस्
