यस्तो छ आज देशभरको मौसम पूर्वानुमान!

Share:

पोखरा । देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य क्षेत्रको मौसम शुक्रबार सामान्यतया सफा रहनेछ ।

हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले बिहान देशको केही पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहेको छ । तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

शुक्रबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं.१, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का हिमापातको संभावना रहेको छ।

यस्तै, राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकि क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा हल्का हिमापातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: