
पोखरा । पोखराका ३२ सहित बिहीबार (आज) गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ६ वटा जिल्लाका ४१ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ३२ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, बाग्लुङ र तनहुँका ३/३ जना तथा स्याङ्जा, पर्वत र गोरखाका १/१ जनामा पनि कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ४७८ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट ४७ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १४ हजार ८४१ पुगेको छ ।
हाल प्रदेशभर ४३४ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ३९८ रहेका छन् ।
हालसम्म गण्डकीमा २०३ जनाले भने कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा २७४ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २६ हजार ३९१ नमुना परिक्षण भएको छ ।
