चुनावको तयारीमा अघि बढ्न आयोगलाई ओली पक्षको आग्रह

Share:

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले निर्वाचन आयोगलाई चुनावको तयारीमा अघि बढ्न आग्रह गरेको छ ।

निर्वाचन आयोगले बोलाएको छलफलमा ओली पक्षले आयोगलाई चुनावको तयारीमा निरन्तर अघि बढ्न आग्रह गरेको हो ।

नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा गएको ओली पक्षको टोलीले कुनै समूहले प्रश्न उठाउँदैमा चुनाव प्रभावित नहुने भन्दै दल दर्ता, चुनावको तयारीलगायतका काम अगाडि बढाउन आयोगलाई आग्रह गरेको हो ।

यता प्रचण्ड–माधव समूहका नेताहरुले अध्यक्षद्धय राजनीतिक कार्यक्रमका लागि बाहिर भएकाले माघ १८ गतेपछि मात्र छलफलमा आउन सक्ने लिखित जानकारी दिएको छ ।

आयोगले दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न नेकपाको दुवै समूहलाई शुक्रबार (आज) बोलाएको थियो ।

सरकारले आउँदो वैशाख १७ र २७ गते गरि दुई चरणमा चुनावको मिति तोकेको छ ।

गएको पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरि चुनावको मिति घोषणा गरेकी हुन् ।

कमेन्ट गर्नुहोस्
Share: