आज सुनचाँदीको मूल्य कति पुग्यो?

Share:

पोखरा । स्थानिय बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।

यसअघि बिहिबार पनि छापावाला सुन तोलाको ९२ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ ।

यसैगरी, शुक्रबार चाँदीको मूल्य भने प्रतितोला ४० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १२ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि बिहिबार चाँदी प्रतितोला १२ सय ४५ मा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: