
पोखरा । पोखराका १९ सहित गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार हालसम्म जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ५ वटा जिल्लाका २८ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै १९ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, म्याग्दीका ४ जना, बाग्लुङ र तनहुँका २/२ जना तथा लमजुङका १ जनामा पनि कोरोना पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का ३६ वर्षीय पुरुष, वडा नं. ३ का २० वर्षीय पुरुष, वडा नं. ४ का ९ र १५ वर्षीय बालक, वडा नं.५ का ३२ वर्षीय पुरुष तथा १९ वर्षीया महिला, वडा नं.७ का ५२ र ४० वर्षीय पुरुष, वडा नं.८ का २४ र ३२ वर्षीया महिला, वडा नं. ९ का ३२ वर्षीय पुरुष, वडा नं.१० का ३० वर्षीय पुरुष, वडा नं.११ का ३३ वर्षीय पुरुष, वडा नं.१४ की ४२ वर्षीया महिला, वडा नं.१८ का ५८ वर्षीय पुरुष, वडा नं.३० का ४२ र ४८ वर्षीय पुरुष तथा ३४ वर्षीया महिला, वडा नं.३३ का ४७ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।
यस्तै, म्याग्दी बेनी वडा नं. ३ का ३५ वर्षीय पुरुष, वडा नं.८ का ३५ र ५१ वर्षीय पुरुष तथा ४८ वर्षीया महिला, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. ३ का ५२ वर्षीय पुरुष, वडा नं. १० का ७६ वर्षीय पुरुष, तनहुँ भानु वडा नं.९ की ४१ वर्षीया महिला, व्यास वडा नं. १ का ४३ वर्षीय पुरुष एवं लमजुङ बेशीसहर वडा नं.८ का ५५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ५०६ पुगेको छ ।
