
काठमाडौँ । संसद विघटनाविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले वडा तहसम्म विरोध प्रदर्शन गर्ने भएको छ।
शुक्रबार बसेको जसपाको पदाधिकारी बैठकले संसद पुनर्स्थापनाको माग गर्दै माघ २९ गतेसम्म पुत्ला दहन र मसाल जुलुसलगायतका कार्यक्रम गर्ने तय गरेको हो।
जस अनुसार, माघ २३ गते जिल्ला, २५ गते संघ र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ गते पालिकाहरू र २९ गते वडा तहमा विरोध कार्यक्रम गर्ने भएको छ।
बृहत जनसभा भने केही दिनमा तय हुने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
