भारतमा थप १२ हजार ५१६ जनामा कोरोना संक्रमण

Share:

पोखरा । छिमेकी देश भारतमा गत २४ घण्टामा थप १२ हजार ५१६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७ लाख ३३ हजार ४८७ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १२९ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार १७६ पुगेको छ ।

हालसम्म भारतमा १ करोड ४ लाख ७ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १४ हजार १८१ जना निको भएका हुन् ।

हाल भारतमा १ लाख ७१ हजार ९६८ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

भारत सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्
Share: