
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २२ लाख नाघेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा १४ हजार ९८८ जना संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २२ लाख १४ हजार ७८३ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा थप ५ लाख ८८ हजार ५७१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १० करोड २६ लाख ७ हजार ५८३ पुगेकोे छ ।
ती मध्ये ७ करोड ४३ लाख १० हजार ८२२ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ४ लाख ५० हजार ९४७ जना निको भएका हुन् ।
हाल विश्वभर २ करोड ६० लाख ८१ हजार ९७८ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ९ हजार १६ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ६५ लाख १२ हजार १९३ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ६१ लाख ९९ हजार ५७२ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ४७ हजार ४५९ पुगेको छ ।
हाल अमेरिकामा ९८ लाख ६५ हजार १६२ सक्रिय संक्रमित छन् । ती मध्ये २४ हजार ९६३ गम्भिर बिरामी रहेका छन् ।
