मौसमः आज कुन क्षेत्रमा कस्तो रहन्छ?

Share:

पोखरा । देशका केही पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेकोले मौसम केही प्रभावित भएको हो ।

अहिले बिहान देशका केही पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहेको छ । साथै तराईका केही भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

शनिबार दिउँसो प्रदेश नं. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं. १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ।

यस्तै, राति प्रदेश नं. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं. १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: