
पोखरा । पोखराका १९ सहित शुक्रबार (आज) गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ५ वटा जिल्लाका २८ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै १९ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, म्याग्दीका ४ जना, बाग्लुङ र तनहुँका २/२ जना तथा लमजुङका १ जनामा पनि कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ५०६ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट ५३ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १४ हजार ८९४ पुगेको छ ।
हाल प्रदेशभर ४०९ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ३७७ रहेका छन् ।
हालसम्म गण्डकीमा २०३ जनाले भने कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ११३ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २६ हजार ५०४ नमुना परिक्षण भएको छ ।
