२४ घण्टामा १०५ जनामा कोरोना संक्रमण, २ को मृत्यु पुष्टि

Share:

पोखरा । देशभर थप १०५ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४१ महिला र ६४ पुरुष गरी १०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७० हजार ९५९ पुगेको छ ।

तीमध्ये २ लाख ६६ हजार ३३६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट थप २८८ जना निको भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको छ ।

हाल देशभर २ हजार ५९४ संक्रिय संक्रमित छन् । क्वारेन्टीनमा १०२ जना छन् ।

मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ३०८ परिक्षण भएको छ भने हालसम्म २० लाख ७१ हजार ७ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: