आज दिनभरको मौसम कहाँ कस्तो रहन्छ?

Share:

पोखरा । देशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि अन्य बाँकी स्थानको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ ।

अहिले बिहान प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आशिंक बदली रहेको छ भने तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।

सोमबार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १ र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, राति पनि पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १ र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा सोमबार राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: