
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या १० करोड ३५ लाख नाघेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ३ लाख ९५ हजार ४६५ जनामा कोरोना पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ३५ लाख १३ हजार ११० पुगेको छ ।
ती मध्ये ७ करोड ५१ लाख १९ हजार ८४० जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ३ लाख ६१ हजार ७९३ जना निको भएका हुन् ।
यस्तै, गत २४ घण्टामा ९ हजार २९२ जना संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २२ लाख ३७ हजार २०४ पुगेको छ ।
हाल विश्वभर २ करोड ६१ लाख ५६ हजार ६६ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ७ हजार ९९८ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ६७ लाख ६७ हजार २२९ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ६४ लाख ३ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ५२ हजार २७९ पुगेको छ ।
हाल अमेरिकामा ९९ लाख ११ हजार १०७ सक्रिय संक्रमित छन् । ती मध्ये २४ हजार ३२३ गम्भिर बिरामी रहेका छन् ।
