भारतमा थप ११ हजार ५२८ जनामा कोरोना पुष्टि

Share:

पोखरा । छिमेकी देश भारतमा गत २४ घण्टामा थप ११ हजार ५२८ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७ लाख ५८ हजार ६१९ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ११६ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ४२८ पुगेको छ ।

हालसम्म भारतमा १ करोड ४ लाख ३३ हजार ९८८ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ११ हजार ८७९ जना निको भएका हुन् ।

हाल भारतमा १ लाख ७० हजार २०३ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: