देशभर थप १५९ जनामा कोरोना पुष्टि, २६४ संक्रमणमुक्त

Share:

पोखरा । देशभर थप १५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६१ महिला र ९८ पुरुष गरी १५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ ।

उनीहरुमध्ये २ लाख ६६ हजार ६०० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट थप २६४ जना निको भएका हुन् ।

यसैगरी, नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

नेपालमा कोरोना संक्रमणका कारण अहिलेसम्म २ हजार २९ जनाको मृत्यु भएको छ ।

हाल देशभर २ हजार ४८९ संक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ९७ जना छन् ।

मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालमा ४ हजार १४५ परिक्षण भएको छ भने हालसम्म २० लाख ७५ हजार १५२ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: