
पोखरा । पोखराका २५ सहित मंगलबार गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका २ वटा जिल्लाका २६ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै २५ जना रहेका छन् भने बाग्लुङका १ जना रहेका छन् ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ५९१ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट २५ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १४ हजार ९९९ पुगेको छ ।
हाल प्रदेशभर ३८९ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ३६० रहेका छन् ।
हालसम्म गण्डकीमा २०३ जनाले भने कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १९९ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २७ हजार २५४ नमुना परिक्षण भएको छ ।



