देशभर थप १७१ जनामा कोरोना संक्रमण, १ को मृत्यु

Share:

पोखरा । देशभर थप १७१ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनससंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७१ महिला र १०० पुरुष गरी १७१ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७१ हजार २८९ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा थप एक कोराना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ ।

हालसम्म नेपालमा २ लाख ६६ हजार ८५९ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट थप २५९ जना निको भएका हुन् ।

हाल देशभर २ हजार ४०० संक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ९५ जना छन् ।

मन्त्रालयलका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा २ हजार ९४६ परिक्षण भएको छ भने हालसम्म २० लाख ७८ हजार ९८ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: