पोखराका २५ सहित गण्डकीमा थप २६ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका २५ सहित गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

मंगलबार दिउँसो प्रदेशका २ वटा जिल्लाका २६ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै २५ जना रहेका छन् भने बाग्लुङका १ जना रहेका छन् । कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का ३८ वर्षीय पुरुष, वडा नं. २ की ८७ वर्षीया महिला, वडा नं. ३ का ३६ वर्षीय पुरुष, वडा नं.५ का ७५ वर्षीय पुरुष, वडा नं.६ का ४०, २३ र ४६ वर्षीय पुरुष, वडा नं.७ का २२ वर्षीय पुरुष, वडा नं.८ का ४४ वर्षीय पुरुष, २३, ३३ र ४२ वर्षीया महिला, वडा नं. ९ की २४ वर्षीया महिला, वडा नं.१० का २२ र ५० वर्षीय पुरुष तथा २८ र ३९ वर्षीया महिला, वडा नं. ११ का ५० वर्षीय पुरुष, वडा नं. १२ का ६० वर्षीय पुरुष, वडा नं. १४ का ४६ वर्षीय पुरुष, वडा नं. १७ का ३३ र ४४ वर्षीय पुरुष, वडा नं. १८ का ४८ वर्षीय पुरुष तथा ३३ र ४५ वर्षीया महिला एवं बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. १ का ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ५९१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: