
पोखरा । पोखरामा एक पुरुषको आफ्नै घरको तीन तलामाथिबाट खसेर मृत्यु भएको छ ।
गत आइतबार दिउँसो १२ः३० बजे पोखरा महानगरपालिका–५ पर्स्याङ बस्ने ५५ वर्षीय भुपाल रेग्मी अचानक तलामाथिबाट भुईमा खस्दा गम्भीर घाइते भएकोमा उपचारका क्रममा आज (मंगलबार) दिउँसो ३ बजे फेवासिटी अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार रेग्मीलाई शुरुमा पश्चिम क्षत्रीय अस्पताल लगिएपनि थप उपचारका लागि सोही दिन नै फेवासिटी अस्पताल रिफर गरिएको थियो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
