
पोखरा । देशका अधिकांश क्षेत्रको मौसम बुधबार (आज) बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेकाले केही स्थानको मौसम प्रभावित भएको हो ।
अहिले बिहान देशका पहाडी भू–भागमा आशिंक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।
बुधबार दिउँसो देशको सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली हुनेछ । साथै अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
यस्तै, राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको संभावना समेत रहेको छ।
