
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या १० करोड ४३ लाख ८४ हजार ५८७ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ४ लाख ५१ हजार ७५९ जनामा कोरोना पुष्टि भएको छ ।
ती मध्ये ७ करोड ६२ लाख ३९ हजार ६१० जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ५ लाख ११ हजार ८७३ जना निको भएका हुन् ।
यस्तै, गत २४ घण्टामा १४ हजार ६७९ जना संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २२ लाख ६२ हजार २२६ पुगेको छ ।
हाल विश्वभर २ करोड ५८ लाख ८२ हजार ७५१ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ७ हजार ५२ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ७० लाख २७ हजार ३४७ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ६७ लाख ५० हजार ४२२ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ५७ हजार ८५६ पुगेको छ ।
हाल अमेरिकामा ९८ लाख १९ हजार ६९ सक्रिय संक्रमित छन् । ती मध्ये २३ हजार ६७३ गम्भिर बिरामी रहेका छन् ।
