पोखराका ४ सहित गण्डकीमा थप ७ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका ४ सहित गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

बुधबार दिउँसो प्रदेशका २ वटा जिल्लाका ७ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै ४ जना रहेका छन् भने लमजुङका ३ जना रहेका छन् ।

कास्कीमा थपिएका सबै पोखरा महानगरपालिकाका हुन् ।

कास्कीको पोखरा महानगरपालिकाका ४१ र ४७ वर्षीय पुरुष तथा ३८ र ६४ वर्षीया महिला एवं लमजुङ सुन्दरबजारका ३५, ४० र ५२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ६०७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: