पोखरामा थप ९ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखरामा थप ९ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

बुधबार दिउँसो कास्कीको पोखरा महानगरपालिकाका ६ वटा वडाका ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का ५२ वर्षीय पुरुष, वडा नं.६ का ४६ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, वडा नं. ८ का २५ र ३३ वर्षीय पुरुष, वडा नं.१० का ४० वर्षीय पुरुष तथा २४ वर्षीया महिला, वडा नं. १२ की ४५ वर्षीया महिला एवं वडा नं.१७ की १९ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ६०० पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: