
काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।
संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा प्रचण्ड–माधव समूहले भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो ।
आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने जनाइएको छ । यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको बताइएको छ ।
पुस ५ मा प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूह तेस्रो चरणको आन्दोलनमा छ । तर, संवैधानिक निकायमा पदाधिकाहरू नियुक्त भएपछि यो समूह अझ रूष्ट भएको छ ।
कमेन्ट गर्नुहोस्
