प्रधानमन्त्री ओलीसँग गण्डकी प्रदेश प्रमुख शेरचनको शिष्टाचार भेट

Share:

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीसँग गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री ओलीसँग बुधबार भएको शिष्टाचार भेटका क्रममा प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेशको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै, भेटका अवसरमा प्रधानमन्त्रीसँग प्रदेश प्रमुख शेरचनले समसामयिक विषयमा छलफल समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीसँग भएको भेटमा प्रदेश प्रमुख शेरचनले विद्यमान संकटको समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेकोमा जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: