बुधबार पोखराका १३ सहित गण्डकीमा थप १६ जनामा कोरोना पुष्टि, २३ संक्रमणमुक्त

Share:

पोखरा । पोखराका १३ सहित बुधबार गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका २ वटा जिल्लाका १६ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै १३ जना रहेका छन् भने लमजुङका ३ जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ६०७ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट २३ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार २२ पुगेको छ ।

हाल प्रदेशभर ३८२ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ३५३ रहेका छन् ।

हालसम्म गण्डकीमा कोरोना संक्रमणबाट २०३ जनाको भने मृत्यु भइसकेको छ ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १८७ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २७ हजार ४४१ नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: