
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या १० करोड ४८ लाख ८८ हजार ३१६ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ४ लाख ८९ हजार ११३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, गत २४ घण्टामा १४ हजार २४५ जना संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २२ लाख ७६ हजार ७०६ पुगेको छ ।
हालसम्म विश्वभर ७ करोड ६७ लाख ५८ हजार २५० जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ५ लाख ७ हजार ७४४ जना निको भएका हुन् ।
हाल विश्वभर २ करोड ५८ लाख ५३ हजार ३६० सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ६ हजार ५८२ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ७१ लाख ५० हजार ४५७ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ६९ लाख ६ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ६१ हजार ९३० पुगेको छ ।
हाल अमेरिकामा ९७ लाख ८१ हजार ७४९ सक्रिय संक्रमित छन् । ती मध्ये २३ हजार ४४९ गम्भिर बिरामी रहेका छन् ।
