पोखरामा बन्दको विरुद्धमा विद्यार्थी संगठनद्वारा बाइक र्‍याली

Share:

पोखरा । नेकपाका प्रचण्ड–माधव समूहले गरेको आम हड्तालको प्रभाव पोखरामा पनि परेको छ ।

आज घोषित आम हड्ताल सफल बनाउन प्रचण्ड–माधव समूहका नेता–कार्यकर्ता पोखराका मुख्यचोक चोकमा तैनाथ भएका छन् भने ठाउँ–ठाउँमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बन्दका कारण पोखरामा छोटा तथा लामा दुरीका सार्वजनिक सवारी साधन चल्न सकेको छैन ।

संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले बिहीबार आम हड्तालको आह्वान गरेको हो ।

यसैबिच, पोखरामा विद्यार्थी संगठन अनेरास्ववीयुले बाइक र्‍याली निकालेको छ ।

प्रचण्ड–माधव समूहले गरेको आम हड्तालको विरोध गर्दै जनाताका लागि नेपाल सधैं खुल्ला छ भन्ने सन्देश दिनका लागि बाइक र्‍याली निकालेको संगठनले जनाएको छ ।

पृथ्वीनारायण क्याम्पस गेटबाट सुरु भएको विद्यार्थी संगठनको र्‍यालीले चिप्लेढुंगा, सभागृहचोक, सिर्जनाचोक, एयरपोर्ट, पृथ्वीचोक, महेन्द्रपुल लगायतका पोखराका मुख्य बजार परिक्रमा गर्नेछ ।

उनीहरुले हाम्रो नेपाल खुल्ला छ, बन्द गर्न पाइदैनलगायतका नारा लगाएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: