बन्द हड्ताल नगर्न पोउवा संघको आग्रह

Share:

पोखरा । पोखरा उद्योग वाणिज्य संघले बन्द र हड्तालका कार्यक्रमहरु आयोजना नगर्न राजनीतिक दलहरुसँग आग्रह गरेको छ ।

संघले बिहीबार विज्ञप्ति जारी गर्दै दलहरुसँग यसअघि गरिएका प्रतिवद्धता सम्झँदै बन्दलाई सधैँको लागि बन्द गर्न पनि माग गरेको छ । संघका महासचिव सुरेन्द्रमान विजुक्छेद्धारा जारी विज्ञप्तिमा आउँदा दिनहरुमा बन्द/हड्तालका कार्यक्रमहरु भए विरोधमा उत्रन बाध्य हुने जानकारी पनि गराइएको छ ।

‘एकदिनको बन्दले अर्थतन्त्रमा पार्ने प्रभाव नकारात्मक प्रभाव महिनौँसम्म कायम रहन्छ । बन्द/हड्तालले गरिखाने बर्गलाई सबैभन्दा ठूलो पीडा दिएको हुन्छ’, विज्ञप्तिमा भनिएको छ,‘ बन्द/हड्तालले देशको अन्तर्राष्ट्रिय छविमा पनि नकारात्मक असर पार्छ । एकातिर कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर, अर्कोतिर बन्द र हड्तालले दिने पीडा ! यी गतिविधिहरुले देशको अर्थतन्त्रलाई थप धरासायी बनाउने निश्चित छ ।’

विज्ञप्तिमा कोभिड–१९ पछि उत्पन्न परिस्थितिले उद्योगी/व्यवसायीलाई ठूलो पीडा दिएको उल्लेख गर्दै नेपालको निजी क्षेत्र पीडामाथि पीडा सहन नसक्ने अवस्थामा पुगेको पनि जिकिर गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: