देशभर थप १७१ जनामा कोरोना संक्रमण, २ को मृत्यु

Share:

पोखरा । देशभर थप १७१ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनससंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९ महिला र ११२ पुरुष गरी १७१ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा थप २ कोराना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २ हजार ३३ पुगेको छ ।

हालसम्म नेपालमा २ लाख ६७ हजार २९२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट थप २२७ जना निको भएका हुन् ।

हाल देशभर २ हजार २७७ संक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ९२ जना छन् ।

मन्त्रालयलका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ८७८ परिक्षण भएको छ भने हालसम्म २० लाख ८५ हजार ५७३ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: