विश्वभर १० करोड ५३ लाख बढीमा कोरोना संक्रमण, २२ लाख ९२ हजारको मृत्यु

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या १० करोड ५३ लाख ९९ हजार ४८१ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ५ लाख ५ हजार ३९८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, गत २४ घण्टामा १४ हजार २९४ जना संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २२ लाख ९२ हजार ६६४ पुगेको छ ।

हालसम्म विश्वभर ७ करोड ७२ लाख २४ हजार १६२ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ४ लाख ५७ हजार १५३ जना निको भएका हुन् ।

हाल विश्वभर २ करोड ५८ लाख ८२ हजार ६५५ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ५ हजार ८५७ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ७२ लाख ७३ हजार ८९० पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ७० लाख ३१ हजार ६२९ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ६६ हजार ९८८ पुगेको छ ।

हाल अमेरिकामा ९७ लाख ७५ हजार २७३ सक्रिय संक्रमित छन् । ती मध्ये २३ हजार १५९ गम्भिर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: