गोरखामा ट्याक्सीको ठक्करबाट पैदलयात्रीको मृत्यु

Share:

गोरखा । गोरखा नगरपालिका–८ ढुकुरेखोलास्थित गोरखा–आरुघाट सडकखण्डमा ट्याक्सीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

शुक्रबार बिहान १० बजे गोरखाबाट बुङ्कोटतर्फ जाँदै गरेको ग १ ज ७४४७ नं. (मनकामना प्रा.लि.)को ट्याक्सीले सोही दिशातर्फ जाँदै गरेकी पैदलयात्री गोरखा–८ ढुङ्गागाडे बस्ने वर्ष ५८ की निरमाया थापालाई ठक्कर दिंदा गम्भिर घाइते भएकी थिइन् ।

थापालाई उपचारको लागि जिल्ला अस्पताल गोरखा लगिएकोमा १०ः१० बजे उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार सवारी साधन, कागज पत्र र चालक नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: