
पोखरा । पोखराका २३ सहित गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
शुक्रबार दिउँसो प्रदेशका ५ वटा जिल्लाका ३२ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै २३ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, बाग्लुङका ५ जना, पर्वतका २ जना तथा तनहुँ र म्याग्दीका एक/एक जना रहेका छन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का २७ र ५४ वर्षीय पुरुष तथा ४४ वर्षीया महिला, वडा नं.३ का ३६ वर्षीय पुरुष, वडा नं.६ का ६४ र २८ वर्षीय पुरुष, वडा नं.७ का ३४ वर्षीय पुरुष तथा ४९ वर्षीया महिला, वडा नं.११ का २८, ५०, ५६ र ६४ वर्षीय पुरुष तथा २९, ३३, ५० र ५२ वर्षीया महिला, वडा नं.१३ का ५७ वर्षीय पुरुष, वडा नं.१४ की ३० वर्षीया महिला, वडा नं.१५ का ५२ वर्षीय पुरुष, वडा नं. १६ का ३९ वर्षीय पुरुष, वडा नं.१७ का ५५ र ६० वर्षीय पुरुष, वडा नं. २७ की ३१ वर्षीयामा कोरोना संक्रमण भएको छ ।
त्यस्तै, बाग्लुङको बाग्लुङ महानगरपालिका वडा नं.२ का ४२ वर्षीय पुरुष, वडा नं.४ की ४६ वर्षीया महिला, वडा नं.७ की २६ वर्षीया महिला, वडा नं.१२ का ४५ वर्षीय पुरुष, वडा नं. १४ का २३ वर्षीय पुरुष, पर्वत फलेबास वडा नं. ४ का ३४ र ३५ वर्षीय पुरुष, तनहुँ शुक्लागण्डकी वडा नं. २ का ६० वर्षीय पुरुष एवं म्याग्दी बेनी वडा नं.८ का ४८ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ६३९ पुगेको छ ।
