कोरोनाः देशभर थप १०५ जनामा संक्रमण, २ को मृत्यु, २७२ संक्रमणमुक्त

Share:

पोखरा । देशभर थप १०५ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनससंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ महिला र ५७ पुरुष गरी १०५ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ ।

ती मध्ये २ लाख ६७ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट थप २७२ जना निको भएका हुन् ।

यस्तै, गत २४ घण्टामा थप २ कोराना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको छ ।

हाल देशभर २ हजार १०८ संक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ९२ जना छन् ।

मन्त्रालयलका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा २ हजार ७९९ परिक्षण भएको छ भने हालसम्म २० लाख ८८ हजार ३७२ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: