
स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाको आठौं गाउँ सभा सम्पन्न भएको छ ।
शुक्रबार गाउँपालिकाको वडा नं ५ को सभा हलमा सम्पन्न भएको आठौं गाउँ सभाको अध्यक्षता गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले गरेका थिए भने उपाध्यक्ष शर्मिला देवी पौडेलले आठौं गाउँसभाका प्रस्तावहरू पेस गरेकी थिइन् ।
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको कारण विश्व नै अस्थिर भए ता पनि आँधीखोला गाउँपालिकामा विकाश तीव्र रूपमा भइरहेको बताउँदै गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले गाउँपालिकाको मुख्य प्रशासनिक भवन ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताए ।
यसैगरी, उपाध्यक्ष शर्मिला देवी पौडेलले आर्थिक वर्ष २०७७।०७८ को आर्थिक तथा विनियोजन ऐन संशोधन सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनका अनुसार आँधीखोला गाउँपालिकाको चालू खर्च २ करोड ३२ लाख (३२ प्रतिशर्त), पुँजीगत खर्च २ करोड २७ लाख (१७ प्रतिशत) रहेको छ भने संघीय सरकार सशर्त अनुदान तर्फको खर्च ६ करोड ५० लाख (३१ प्रतिशत) रहेको छ ।
सभाले आँधीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७७।७८ को शंसोधीत बजेट मन्तव्य, जलचर संरक्षण र व्यवस्थापन गर्न बनेको विधेयक २०७७ र स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ सर्वसम्मतले पारित गरेको छ ।
