
काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश ल्याएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन् ।
अध्यादेशसँगै आयोगको म्याद २०७८ असार मसान्तसम्म पुगेको छ ।
२०७५ माघ २५ गते अधिकतम २ वर्षसम्मका लागि थपिएको आयोगको म्याद आइतबार सकिँदै छ ।
कमेन्ट गर्नुहोस्
