
पोखरा । देशभर थप ९९ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ४२ महिला र ५७ पुरुष गरी ९९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७१ हजार ८०६ पुगेको छ ।
ती मध्ये २ लाख ६७ हजार ८१२ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा देशभरबाट थप २४८ जना निको भएका हुन् ।
हालसम्म नेपालमा कोरोना संक्रमणले २ हजार ३५ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा भने कोरोना संक्रमणबाट कोहीको पनि ज्यान गएको छैन ।
अहिले देशभर १ हजार ९५९ संक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ९५ जना छन् ।
मन्त्रालयलका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा २ हजार ७९४ परिक्षण भएको छ भने हालसम्म २० लाख ९१ हजार १६६ परिक्षण भएको छ ।
