
पोखरा । पोखराका ११ सहित गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
शनिबार दिउँसो कास्की र पर्वतका १२ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ११ जना रहेका छन् भने पर्वतका एक जना छन् ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १ की १९ वर्षीया महिला, वडा नं.३ का ६१ वर्षीय पुरुष, वडा नं.५ का ४० वर्षीय पुरुष, वडा नं.९ का २९, ४० र ४५ वर्षीय पुरुष, वडा नं.१० का ४३ वर्षीय पुरुष, वडा नं.१७ का १६ वर्षीय पुरुष, वडा नं.२७ का ३१ वर्षीय पुरुष तथा ५५ वर्षीया महिला, वडा नं.२९ का ३६ वर्षीय पुरुष एवं पर्वतको फलेबास नगरपालिका वडा नं.४ का ६४ वर्षीय पुरुषमा कोरोना देखिएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ६५१ पुगेको छ ।
