
काठमाडौँ । संसद विघटनको विरोधमा नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले आज (शनिबार) देशभर प्रदर्शन गर्दैछन् ।
तेस्रो चरणको आन्दोलन अन्तर्गत कांग्रेसको १८ शुभेच्छुक संस्थाले आज ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेका हुन् ।
माघ १३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले देशभरका भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई विरोधमा उतार्ने निर्णय गरेको थियो ।
काँग्रेसले जिल्ला कार्यसमितिहरुलाई फागुन ३ गते जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र सभा आयोजना गर्न निर्देशन दिएको छ ।
यसअघि प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ गते विरोध कार्यक्रम गरिसकेको छ ।
कमेन्ट गर्नुहोस्
