
पोखरा । शनिबार पोखराका ११ सहित गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार जारी गरेको विज्ञप्ति अनुसार कास्की र पर्वतका १२ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ११ जना रहेका छन् भने पर्वतका एक जना छन् ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ६५१ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट २२ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ८५ पुगेको छ ।
हाल प्रदेशभर ३६३ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ३३८ जना रहेका छन् ।
हालसम्म गण्डकीमा कोरोना संक्रमणबाट २०३ जनाको भने मृत्यु भइसकेको छ ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १३५ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २७ हजार ७७५ नमुना परिक्षण भएको छ ।
