
पोखरा । देशभर थप ११९ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनससंख्या मन्त्रालयलका अनुसार गत २४ घण्टामा ३६ महिला र ८३ पुरुष गरी ११९ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७१ हजार ९२५ पुगेको छ ।
ती मध्ये २ लाख ६८ हजार ७२ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा देशभरबाट थप २६० जना निको भएका हुन् ।
यस्तै, गत २४ घण्टामा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ ।
अहिले देशभर १ हजार ८१५ संक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ९२ जना छन् ।
मन्त्रालयलका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा २ हजार २५१ परिक्षण भएको छ भने हालसम्म २० लाख ९३ हजार ४१७ परिक्षण भएको छ ।
