‘महिला संसार, परिवर्तनको धार’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

Share:

पोखरा । सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक,पोखराको आयोजनामा पोखरा महानगरपालिका-४ सिद्धार्थचोक स्थित ‘महिला संसार, परिवर्तनको धार’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

आधा संसारढाकेका महिलाहरू नै समाज परिवर्तनको प्रमुख आधारस्तम्भ भएकाले महिला सशक्तिकरण र अधिकारका विषयमा जानकार एवं आत्मनिर्भर बनाउन महिलाहरूलाई लक्षित गरी वडा प्रहरी कार्यालय बैदामको पहलमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमको वडा प्रहरी कार्यलय बैदामका ईन्चार्ज प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङले सहजीकरण गरेकी थिइन् । उक्त कार्यक्रममा सोही स्थानका महिलाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव उपरीक्षक तामाङले महिला हक अधिकारको सुनिश्चित गर्न महिला आफै सशक्तरुपमा लागि पर्नुपर्ने र समाज रुपान्तरणको मूलधारमा समावेश हुनुपर्ने बताउँदै महिलाहरूमा भएको अन्तरनिहित क्षमतालाई वृद्धि गर्न आफ्नो पूर्ण सहयोग रहने समेत बताइन् ।

कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष बिपिन अधिकारीले महिला विरुद्ध हुने सबै प्रकारका विभेद र हिंसाको अन्त्यगरी हकअधिकारको सुनिश्चितता र प्रवर्द्धनको लागि नीतिगत, कानुनी र संस्थागत सुधारका साथै विकास कार्यक्रमहरू संचालनगरी हरेक क्षेत्रमा महिलाहरूलाई सहभागी गराउनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्
Share: