‘यो पालि बालनाटक महोत्सव भर्चुअल’

Share:

काठमाडौँ । निरन्तर रूपमा प्रत्येक बर्ष शैली थिएटरले संचालन गर्दै आएको राष्ट्रिय बाल नाटक महोत्सव, यसपटक फरक शैलीमा आयोजना गर्ने भएको छ। रसियन कल्चर सेन्टर र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सँगको सहकार्य मा १२औं राष्ट्रिय बाल नाटक महोत्सव भर्चुअल रुपमा गर्न लागिएको हो।

कोभिडको कारण अझै पनि थिएटर सम्म बालबालबालिका ल्याई नाटक मञ्चन गर्ने वातावरण बनिनसकेको छैन। त्यसैले यसपटक भर्चुअल नाटक महोत्सव गर्न लागेको शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए। बुढाथोकीले भने- “दशौं वर्ष सम्म रसियन कल्चर संग मिलेर निरन्तर बालनाटक महोत्सव ग-यौँ, गएको एघारौं महोत्सव बाट नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान ले पनि नाटक महोत्सवमा रुचि देखाएर हामी सँग सहकार्य गर्ने प्रतिबद्धता जनाए अनुसार तिनवटा संस्थाको सहकार्यमा १२औं बालनाटक महोत्सव हुन लागेको हो। कोभिडको कारण यसपटक महोत्सव गर्ने वा नगर्ने भन्ने दुबिधाको बिच भर्चुअल माध्यम बाट भएपनी महोत्सव गर्नुपर्ने महसुस गरौं । अरु वर्षभन्दा थोरै ढिला गरि घोषणा गर्नुको मुल कारण पनि यहि हो। सम्पूर्ण बालबालिका अभिभावक, शिक्षक शिक्षिका, विद्यालय, संघसंस्था लगायत ब्याक्तिगत तवरमा पनि महोत्सवमा भाग लिनुहुन हामी अनुरोध गर्दछौ।”

महोत्सवमा भाग लिन, बालबालिका संग सम्बन्धित कथामा, बालबालिका वा वयस्क सबैले अभिनय गर्न पाउनेछन् । त्यसको लागि पन्ध्र देखि पैचालिस मिनेटको नाटक भिडियो खिचेर पठाउनु पर्नेछ। सम्पादन नगरिएको, एक सटमा लिएको भिडियोमा, बढिमा दशजना सम्म कलाकार राख्न पाईने अथवा एकजना कलाकार मात्र राखेर सोलो नाटक पनि पठाउन सकिनेछ। फागुनको अन्तिम हप्ता संचालन हुने महोत्सवको लागि फाल्गुन १५ गते भित्र प्राप्त भिडियो लाई मात्र प्रतियोगितामा समाबेश गरिनेछ। प्राप्त नाटक मध्येबाट उत्कृष्ट तीन नाटकलाई समान रूपमा नगद रु १५,००० सहित प्रमाणपत्र प्रदान गरिनेछ भनि शैली थिएटरले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: